महिला स्वास्थ्य र अधिकार सुनिश्चित गर्दै: नेपालमा सुरक्षित गर्भपतनको परिदृश्य पछ्याउदै

लेखिका : शैलताज कुँवर

महिलाको स्वास्थ्य र प्रजनन अधिकारको क्षेत्रमा, सुरक्षित गर्भपतन सम्बन्धी बहस एक महत्वपूर्ण र प्रायः विवादास्पद मुद्दा बनेको छ। सुरक्षित गर्भपतनबारे संवादले हालका वर्षहरूमा प्रमुखता पाएको छ। यस लेखले नेपालमा सुरक्षित गर्भपतनका बहुआयामिक पक्षहरू, कानुनी ढाँचा, सामाजिक धारणाहरू, र चुनौतीहरू लाई प्रकाश पारेको छ । यी तत्वहरूको विस्तृत बुझाइको माध्यमबाट, हामी महिलाको स्वास्थ्य र उनीहरूको अधिकारको रक्षा गर्न सुरक्षित र पहुँचयोग्य गर्भपतन सेवाहरू प्रवर्द्धन गर्ने महत्त्वमा प्रकाश पार्ने लक्ष्य राख्छौं।

नेपालले महिलाको प्रजनन अधिकारको पहिचान र सम्बोधनमा उल्लेखनीय प्रगति गरेको छ । सन २००२ मा, देशले “गर्भपात ऐन” मार्फत विशेष परिस्थितिमा गर्भपतनलाई वैधानिक बनाएर एक महत्त्वपूर्ण कदम उठायो। यस कानुनले गर्भावस्थाको १२ हप्तासम्म (गर्भधारण र जन्मको बीचमा गर्भभित्र विकास हुने प्रक्रिया वा अवधि), बलात्कार वा अनैतिकताको घटनामा १८ हप्तासम्म, र गर्भावस्थाको कुनै पनि समयमा यदि महिलाको जीवन वा स्वास्थ्य जोखिममा छ वा यदि भ्रूणमा गम्भीर असामान्यताहरू भेटिएमा, गर्भपतन गर्न अनुमति दिन्छ ।

कानुनी ढाँचा प्रगतिशील हुँदाहुँदै पनि व्यापक चेतना र कार्यान्वयन सुनिश्चिततामा चुनौतीहरू छन्। भौगोलिक दुर्गमता, सीमित स्वास्थ्य सेवा पूर्वाधार, र प्रशिक्षित चिकित्सा पेशेवरहरूको अभाव जस्ता कारकहरूले, सुरक्षित गर्भपतन सेवाहरूमा अवरोध ल्याउन सक्छ। त्यसैले, नेपालभरका विभिन्न समुदायहरूमा सुरक्षित गर्भपतनको पहुँचको कानुनी प्रावधान र व्यावहारिकताहरू बीचको खाडललाई कम गर्न वकालत र शिक्षाको महत्त्वपूर्ण आवश्यकता छ।

स्वास्थ्य सेवा पूर्वाधार र पहुँच

कानुनी ढाँचा अवस्थित भए, सुरक्षित गर्भपतन सेवाहरूको व्यावहारिक पहुँच चुनौती बनेको छ। ग्रामीण र सीमान्तकृत समुदायहरूले प्रायः पर्याप्त स्वास्थ्य सेवा सुविधा र प्रशिक्षित चिकित्सा पेशेवरहरूको पहुँचमा अवरोधहरू सामना गर्छन्। महिलाहरू आफ्ना अधिकार वा उपलब्ध सेवाहरूबारे अनभिज्ञ हुन सक्ने भएकाले व्यापक यौन शिक्षाको अभावले यो समस्यालाई अझ जटिल बनाउछ ।

नेपालभरका महिलाहरूलाई सुरक्षित गर्भपतन सेवामा समान पहुँच सुनिश्चित गर्न स्वास्थ्य सेवा पूर्वाधारमा विशेष गरी ग्रामीण क्षेत्रमा लगानी आवश्यक छ।

यसले प्रशिक्षित स्वास्थ्य सेवा पेशेवरहरूको उपलब्धता मात्र होइन, निर्णय प्रक्रिया मार्फत महिलाहरूलाई समर्थन गर्न परामर्श सेवाहरूको स्थापना पनि समावेश गर्दछ।

यसबाहेक, स्वास्थ्य सेवा पूर्वाधारमा, विशेष गरी दुर्गम क्षेत्रहरूमा लगानी, सुरक्षित गर्भपतन सेवाहरू सबैको पहुँचयोग्य छ भनी सुनिश्चित गर्न आवश्यक छ।

स्रोत: WHO वेबसाइट

नेपालले सन् २००२ मा सुरक्षित गर्भपतन सेवालाई वैधानिकता दिएको थियो। नेपाल सरकारले सन् २०१५ मा देशको संविधानमा प्रजनन अधिकारलाई सूचीकृत गर्‍यो। सन् २०१८ मा नेपालले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य ऐन २०१८ पारित गर्‍यो, जसले सबै महिलाko सुरक्षित गर्भपतनको अधिकार सुनिश्चित गर्दछ।

तर, गर्भपतनलाई वैधानिकता दिने जनचेतना कम छ । २०१६ सम्म, गर्भनिरोधक प्रचलन दर ५२.६% (नेपाल जनसांख्यिकीय तथा स्वास्थ्य सर्वेक्षण) थियो।

२०१४ सम्म, ६२% भन्दा बढी अप्रत्याशित गर्भावस्थाहरु गर्भपातमा परीनत भयो, र अनुमानित रूपमा ५८% सबै गर्भपतनहरू असुरक्षित थिए (स्रोत: Guttmacher २०१७, गर्भपतन र नेपालमा अनपेक्षित गर्भधारणहरू)।

नेपालमा सुरक्षित गर्भपतन लगायतका सेवाहरू निःशुल्क उपलब्ध गराइन्छ, तर सन् २०२१ सम्म नेपाल स्वास्थ्य सुविधा सर्वेक्षण अनुसार १९.२% स्वास्थ्य संस्थाले मात्रै गर्भपतन सेवा प्रदान गर्दछ। त्यहाँ व्यापक पहुँचको आवश्यकता छ जहाँ सेवाहरू सबैलाई र सबै ठाउँमा पुग्न सकोस। ग्रामीण क्षेत्रमा नेपालका समर्पित स्वास्थ्यकर्मीहरूको दैनिक जीवनमा यी झलकहरू मार्फत, हामीले गुणस्तरीय गर्भपतन हेरचाह र गर्भपतनपछिको गर्भनिरोधक उपलब्ध गराउनमा उनीहरूले खेल्ने महत्त्वपूर्ण भूमिका बुझ्छौं। यी व्यक्तिहरूले नेपालको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०१८ लागू गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन्, जसले प्रत्येक महिलाको शिक्षा, सूचना, परामर्श र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरूमा पहुँच सुनिश्चित गर्दछ। उनीहरुको अटल समर्पण र करुणाले महिलाको प्रजनन अधिकारप्रति नेपालको प्रतिबद्धतालाई जोड दिन्छ।

नेपालमा गर्भपतन निर्देशिका कस्तो छ?

गर्भावस्थाको १२ हप्ता सम्मको गर्भपतन शल्यक्रियाबाट वा म्यानुअल भ्याकुम एस्पिरेसन मार्फत एमबिबिएस डाक्टरहरू सहित प्रशिक्षित डाक्टरहरूले मात्र प्रदान गर्न सक्छन्।

१२ हप्ता भन्दा माथि र गर्भावस्था को २८ हप्ता भित्र, प्रसूति स्त्री रोग विशेषज्ञ वा एम डि जि पि डाक्टरहरु सहित प्रशिक्षित स्नातकोत्तर डाक्टरहरु द्वारा मात्र गर्भपतन गर्न सकिन्छ।  

स्रोत: वातावरण, स्वास्थ्य र जनसंख्या गतिविधिहरउको अनुसन्धान केन्द्र (CREHPA) जुन १३, २०२२।

२०१७ देखि, सबै सार्वजनिक-क्षेत्रका अस्पतालहरूमा गर्भपतन निःशुल्क उपलब्ध गराइन्छ।

सबै सार्वजनिक क्षेत्रका स्वास्थ्य संस्थाहरूले नि:शुल्क गर्भपतन हेरचाहको प्रावधानको लागि सम्बन्धित प्रदेश सरकारबाट एकाइ लागत (प्रतिपूर्तिको रूपमा) प्राप्त गर्छन् – १२ हप्तासम्मको गर्भपतनका लागि ८०० नेपाली रुपैयाँ, १३-२८ हप्तासम्मको गर्भपतनको लागि २,००० रुपैयाँ। र प्रेरित गर्भपतनका जटिलताहरूको व्यवस्थापनको लागि ३,००० रुपैयाँ।

यी सबै प्रयासहरू मार्फत, प्रत्येक वर्ष लगभग ९०,००० महिलाहरुले सुरक्षित गर्भपतन सेवाहरू प्राप्त गर्छन्। जसका कारण नेपालमा मातृमृत्युदर र बिरामी हुने दरमा कमी आएको छ । सन् १९९६ मा प्रति एक लाख जीवित जन्ममा ५३९ मातृ मृत्यु भएकोमा सन् २०१६ मा प्रति एक लाखमा २३९ मातृ मृत्युदर भएकोle मातृ मृत्युदर अनुपातमा उल्लेख्य गिरावट आएको छ। असुरक्षित गर्भपतनबाट हुने जटिलताको गम्भीरता पनि वर्षै पिछे निकै कम भएको छ।

नेपालको सन्दर्भमा, अन्य धेरै समाजहरूमा जस्तै, गर्भपतनबारे गलत बुझाइ बहुमुखी र प्रायः सांस्कृतिक, धार्मिक र पितृसत्तात्मक मान्यताहरूसँग गाँसिएको छ।

सांस्कृतिक र धार्मिक प्रभावहरू:

सांस्कृतिक र धार्मिक विश्वासहरूले गर्भपतन सम्बन्धी सामाजिक मनोवृत्तिलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छन्। नेपालमा, जहाँ हिन्दू धर्म प्रमुख धर्म हो, सांस्कृतिक माpदण्डहरूले अक्सर जीवनको सद्गुणलाई जोड दिन्छ, जसले गर्भपतनबारे गलत बुझाइमा योगदान दिन सक्छ। गर्भावस्था समाप्त गर्नु धार्मिक शिक्षाहरू विरुद्ध जान्छ भन्ने विचारले गर्भपतन सेवाहरू खोज्ने महिलाहरूलाई बहिष्कार गर्न सक्छ।

पितृसत्तात्मक मान्यताहरू:

समाजभित्रको पितृसत्तात्मक संरचनाहरूले लैङ्गिक मान्यता र अपेक्षाहरू कायम राखेर गर्भपतन बारे गलत बुझाइलाई थप जटिल बनाउछ । गर्भपतन छनौट गर्ने महिलाहरूले मातृत्वसँग सम्बन्धित परम्परागत भूमिका र अपेक्षाहरूबाट विचलित भएकोमा आफु बारे गलत बिचारको  सामना गर्न सक्छन्। गर्भपतनको वरिपरिको गलत बुझाइ प्रायः बालबालिकाको हेरचाह गर्ने र वाहकको रूपमा महिलाको भूमिकाको सामाजिक धारणासँग जोडिएको हुन्छ।

सीमित पहुँचबाट लाभ:

रूढिवादी राजनीतिक र धार्मिक समूहहरू सहित विभिन्न संस्थाहरूले गर्भपतनमा पहुँच सीमित गरेर लाभ उठाउन सक्छन्। प्रतिबन्धात्मक गर्भपतन कानून वा सामाजिक गलत धारणा राजनीतिक लाभको लागि वा रूढिवादी विचारधाराहरूलाई बलियो बनाउन प्रयोग गर्न सकिन्छ। पहुँचमा बाधाहरू सिर्जना गरेर, यी समूहहरूले प्राय: नैतिक वा धार्मिक सिद्धान्तहरूको आडमा, महिलाहरूको प्रजनन छनौटहरू नियन्त्रण र नियमन गर्न खोज्न सक्छन्।

गलत जानकारी:

गर्भपतनको बारेमा गलत जानकारीले यसबारे गलत बुझाइमा थप योगदान पुर्‍याउँछ। नेपालko धेरै ठाउँहरूमा गर्भपतनको सुरक्षा र परिणामहरूको बारेमा गलत कथाहरू, र गलत धारणाहरू छन्। यो गलत जानकारी जनमतलाई प्रभाव पार्ने र यस सँग संबन्धित गलत बुझाइलाई कायम राख्न समुदाय, मिडिया, र अनलाइन प्लेटफर्महरू सहित विभिन्न च्यानलहरू मार्फत फैलाउन सक्छन । 

यथास्थिति कायम राख्न निहित स्वार्थ भएका समूहहरूद्वारा रणनीतिक रूपमा पनि गलत सूचना फैलाउन सक्छन ।  गर्भपतन विरोधी वकिलहरूले महिलाहरूलाई गर्भपतन सेवाहरू खोज्नबाट निरुत्साहित गर्न गलत जानकारी फैलाउन सक्छन्, यसलाई खतरनाक वा नैतिक रूपमा गलत भनेर चित्रण गर्न सक्छन्। गलत जानकारीको यो जानाजानी फैलावटले जनमतलाई हेरफेर गर्न, सामाजिक गलत बुझाइ कायम राख्न र सुरक्षित गर्भपतनमा पहुँच सीमित गर्न इट्टा थप्ने काम गर्दछ। 

कानुनी परिणामहरूको डर:

केही अवस्थामा, कानुनी नतिजाको डरले गर्भपतनको गलत बुझाइमा थप योगदान पुर्‍याउँछ। केही परिस्थितिहरूमा गर्भपतनलाई कानुनी रूपमा अनुमति दिइए पनि, कानुनको अस्पष्टता वा कानुनी अधिकारको बारेमा चेतनाको कमीले महिलाहरूलाई कानुनी नतिजाहरू देखी डर लाग्न सक्छ। यो डरले महिलाहरूलाई सुरक्षित र कानुनी गर्भपतन सेवाहरू खोज्नबाट बर्जित गर्न सक्छ, तिनीहरूलाई असुरक्षित र गोप्य प्रक्रियाहरूमा धकेल्दछ।

सामाजिक नियम र अशुद्धा बिचार

गर्भपतन छनौट गर्ने महिलाहरूप्रतिको सामाजिक मान्यता र दृष्टिकोणले उनिहरुप्रती हुने गलत बुझैलाई अझ योगदान पुर्‍याउँछ। यदि गर्भपतन गर्ने निर्णय थाहा भयो भने महिलाहरूलाई अनैतिक भनी सामाजिक बहिष्कारको सामना गर्ने डर हुन सक्छ। न्यायको यो डरले मौनताको संस्कृति सिर्जना गर्न सक्छ, जहाँ महिलाहरू आफ्नो प्रजनन छनोटहरू खुला रूपमा छलफल गर्न अनिच्छुक हुन्छन्, र जस्ले गलत बुझाइलाई निरन्तरता दिन्छ।

नेपालमा सुरक्षित गर्भपतन सम्बन्धी गलत धारणालाई सम्बोधन गर्न, रुढिवादी चलनलाई  चुनौती दिने, सही जानकारी प्रदान गर्ने र खुला कुराकानीलाई प्रोत्साहन गर्ने व्यापक शिक्षा र सचेतना अभियानहरूमा संलग्न हुनु महत्त्वपूर्ण छ। त्यसैगरि, महिलाको प्रजनन अधिकारलाई प्राथमिकता दिने कानुनी सुधार र नीतिहरूको वकालत गर्दै, गर्भपतनको गलत बुझाइ लाई सच्याउदै, एउटा यस्तो बातावरण निर्माण गर्नुपर्छ, जहाँ महिलाहरूले परिणामको डर बिना आफ्नो प्रजनन स्वास्थ्यको बारेमा सूचित छनौट गर्न सक्छन्।

यस्को अतिरिक्त, यस लेखले अधिकार-आधारित दृष्टिकोण मार्फत सुरक्षित गर्भपतन सेवाहरूको प्रवर्द्धनका लागि वकालत गर्दछ। यसले महिलाहरूलाई गर्भपतन छनौट गर्ने अधिकार सुनिश्चित गर्न विभिन्न सरोकारवालाहरू बीचको सहकार्यमा जोड दिन्छ। गर्भपतनपछिको हेरचाहसँगै गलत बुझाइ-मुक्त र युवामैत्री सुरक्षित गर्भपतन सेवालाई राष्ट्रिय र प्रादेशिक दुवै तहमा प्रजनन स्वास्थ्य निर्देशनमा समावेश गर्न सरकारलाई आग्रह गरिएको छ।

संक्षेपमा, यो लेख गर्भपतन सेवा खोज्ने युवाहरूको अद्वितीय आवश्यकतालाई सम्बोधन गर्न केन्द्र र स्थानीय सरकारका साथै सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गर्न सरकार र नागरिक समाजको रणनीतिक लगानीमा केन्दृत छ ।

गोपनीयता कायम राख्ने, प्रतीक्षा अवधि घटाउने, सही  दृष्टिकोण अपनाउने, गुणस्तर आश्वासन सुनिश्चित गर्ने, र गलत बुझाइ-मुक्त वातावरणको प्रवर्द्धन आदी इत्यादी यसमा समावेश छ। सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार गर्न फार्मेसी र मेडिकल स्टोरहरूबाट उपलब्ध गराइने गर्भपतन सेवालाई उपयुक्त तालिम र दर्ता प्रक्रियामार्फत नियमन गर्न सरकारलाई आग्रह गरिएको छ।

सरकारले नि:शुल्क गर्भपतन सेवाहरू प्रदान गर्नुका साथै नेपालमा महिलाहरूको लागि सुरक्षित गर्भपतन सुनिश्चित गर्न सुरक्षित मनोवैज्ञानिक ठाउँ सिर्जना गर्न किफायती र पहुँच बढाउन सुरक्षित गर्भपतन स्थलहरुको संख्या बढाउनुपर्छ।

अनुवादिका: स्मिथु घिसिङ

मूल रचना: Ensuring Women’s Health and Rights: Navigating the Landscape of Safe Abortion in Nepal